जुम्लामा ७ वडाको नतिजा सार्वजनिक, कांग्रेस ४ र माओवादी ३ वडामा विजयी

जुम्ला ।  जुम्लामा सात वटा वडाको नतिजा आउँदा चार वटा वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन वटा वडा जितेको छ ।कांग्रेसबाट चन्दननाथ नगरपालिका १ मा तिलकप्रसाद न्यौपाने, तातोपानी गाउँपालिका १ मा कर्णबहादुर कठायत, हिमा गाउँपालिका १ मा रतनबहादुर शाही र सिञ्जा गाउँपालिका १ मा हरिनन्द आचार्य विजयी भएका हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट तिला गाउँपालिका १ मा सुवास बस्नेत, कनकासुन्दरी गाउँपालिका १ मा भीमबहादुर भण्डारी र पातारासी गाउँपालिका १ मा लालबहादुर ऐडी विजयी भए ।

यसैबीच जुम्लाको गुठीचौर गाउँपालिकामा मतगणना भएको छैन । गुठीचौर ३ को शंकर माविमा झडप हुँदा जेठ १ गतेका लागि पुनः मतदान तोकिएको छ ।

तपाईको प्रतिक्रिया