चिंगाड-१ मा एमालेको प्यानल विजयी

सुर्खेत ।  वीरेन्द्रनगरदेखी उत्तर पूर्वमा रहेको चिंगाड गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएका छन् । वडाध्यक्षमा एमालेका टेकबहादुर रजालीले ६८३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वीरबहादुर वलीले ४२४ र नेकपा माओवादी केन्द्रले ६ मत ल्याएर पराजित भएका छन् । ६ वडा रहेको चिंगाडमा एक हजार १७५ मत खसेको थियो । पालिका अध्यक्षमा भने नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

अध्यक्ष पदका उम्मेद्वार एमालेका बोधविक्रम जिसीले ६५९, नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ४५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रजत सिंह रावतले १० मत ल्याएका छन् । यस्तै उपाध्यक्ष पदमा एमालेका मिनकुमारी रोकायाले ६६६, नेपाली काँग्रेसले मनमाया आचार्यले ४४७ र राप्रपाका धनसरा जैसीले ५ मत ल्याएकी छन् ।

तपाईको प्रतिक्रिया