स्थानीय तह निर्वाचन–२०७९ अपडेट

वीरेन्द्रनगर–१ मा कांग्रेसका खत्री विजयी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा कांग्रेसका दिनेश खत्री विजयी भएका छन् । निर्वाचन आयोग नेपालका अनुसार वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका खत्री विजयी भएका हुन् ।

उनले १४८५ र नेकपा एमालेका गंगाराम सुनारले १४४४ मत प्राप्त गरेका छन् । खत्रीले सुनारलाई ४१ मत अन्तरले हराउँदै वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । पराजित सुनार २०७४ काे स्थानीय तहकाे निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया