बराहताल–३ मा कांग्रेसले भत्कायो माओवादीको गढ

सुर्खेत । जारी स्थानीय तहको मतगणना अनुसार नेकपा (माओवादी केन्द्र) को गढ इलाका मानिएको बराहताल गाउँपालिका-३ मा नेपाली कांग्रेसले माओवादीको गढ भत्काई दिएको छ ।

जारी मत परिणाम अनुसार नेपाली कांग्रेसका शेरबहादुर पुनले दुई सय २२ मत ल्याउदै माओवादीका दत्तबहादुर बराललाई पराजित गरेका छन् ।

बरालले एक सय ७८ मत प्राप्त गरी पराजित भए । बराल यसअघिका निर्वाचित वडाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया