कालीकोटको खाँडाचक्रमा एमालेको अग्रता

सुर्खेत । कालीकोटकाे खाँडाचक्र नगरपालिकाको प्रमुखमा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । तीन हजार अठ सय ५१ मत गणना गर्दा नेकपा एमालेका जसीप्रसाद पाण्डेले अग्रता लिएका हुन् ।

उनले १४९२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी ताराकुमारी शाहले १११५ प्राप्त गरेकी छन् । यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गणेशबहादुर शाहीले १५१५ र नेकपा एमालेकी मिनाकुमारी शाहीले १०३२ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया