दैलेखको ठाँटीकाँध–४ मा कांग्रेसका कठायात निर्वाचित

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका-४ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका  केहेर सिंह कठायातले ३७५ मत ल्याएर निर्वाचित भएका हुन् । कठायतले नेकपा एमालेका जनकबहादुर शाहीलाई हराएका हुन् । एमालेका शाहीले ३६३ मत प्राप्त गरेका छन् ।

यस्तै, वडा सदस्यमा नेपाली कांग्रेस कनकबहादुर शाहीले ३६१ र नेकपा (एमाले)का मदनबहादुर मगरले ३५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । महिला सदस्यमा नेकपा एमालेकी मामसरा बडुवालले ३८१ र दलित महिला सदस्यमा नेपाली कांग्रेसकी प्रतिमा नेपालीले ३६१ मत प्राप्त गरेर निर्वाचित भएकी छन् ।

तपाईको प्रतिक्रिया