समान मत आएपछि पञ्चपुरी ३ मा गोलाप्रथा हुने

सुर्खेत । जारी स्थानीय तह निर्वाचनको मतगणना अन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ३ मा वडाध्यक्षका लागि गोलाप्रथा हुने भएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले बराबर मत प्राप्त गरेपछि वडाध्यक्ष छान्न गोलाप्रथा हुन लागेको हो । एमालेका चन्द्र वीर रावत र कांग्रेसका बलबहादुर रोकायले समान ६७३ मत प्राप्त गरेपछि गोलाप्रथा हुन लागेको हो । जारी मतगणना अनुसार पञ्चपुरीमा ३ वटा वडा कांग्रेसले जितेको छ भने १ वडा एमालेले जितेको छ ।

तपाईको प्रतिक्रिया