चामुण्डाबिन्द्रासैनी–३ मा नेमकिपाका दीपबहादुर शाही विजयी

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पुनः पनि आफ्नो विरासत जोगाएको छ ।

यहाँ नेमकिपाका दीपबहादुर शाहीले ४२८ मतसहित विजयी प्राप्त गरेका छन्, उनले नेपाली काँग्रेसका अमरबहादुर शाहीलाई पराजित गरेका हुन । शाहीले ३६३ मत पाएका छन् । यस्तै नेकपा एमालेका दीनेश बहादुर विकले १४८ मत पाए भने माओवादी केन्द्रका टोप बहादुर खप्तडीले चार मत पाएका छन् । ०७४ मा पनि यो वडाको नेतृत्व नेमकिपाकै निरक बहादुर शाहीले गरेका थिए ।

तपाईको प्रतिक्रिया