पञ्चपुरी ३ मा उम्मेदवारबीच सहमति नजुट्दा गोलाप्रथा हुन सकेन

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका उम्मेदवाहरुको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन। काँग्रेसबाट उम्मेदवार चन्द्रबिर रावत र एमालेबाट उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका छन्। वडा नम्बर ३ को अन्तिम मत परिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन्।

गोलाप्रथाबाट टुंगो लगाउन खोजिएपनि उम्मेदवारहरुबीच सहमति नभएकोले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले बताए। ‘उहाँहरुले आधा–आधा कार्यकाल गर्ने कुरा गर्नुभएको छ, त्यो कुरा कानुनमा छैन,’ भट्टले भने, ‘उहाँहरुले आफैं आयोगमा कुरा गर्छौं भनेर भन्नुभएको छ, हामी पनि परामर्श गर्दैछौं।’

तपाईको प्रतिक्रिया