जुम्लाको हिमामा अध्यक्ष/उपाध्यक्ष कांग्रेस विजयी

सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षका नेपाली काँग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गरेका हुन् ।

काँग्रेसका निर्वाचित शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भए भने माओवादीका शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् । उनी अखिल क्रान्तिकाका युवना नेता समेत हुन् ।

यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै सुर्पना शाही विजयी भएकी छन् उनले एक हजार ६१८ मत ल्याएकी छन् । उनका प्रतिद्धन्द्धि माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छन् ।

०७४ का यो पालिकामा नेकपा माओवादी केन्द्रले वर्चश्व जमाएको थियो ।

तपाईको प्रतिक्रिया