हुम्लाको नाम्खामा माओवादीका प्रेमबहादुर विजयी

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा विजयी भएका छन् । उनले १४६६ मतसहित विजयी भएका हुन् । उनले स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामालाई पराजित गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार लामाले ६६२ मत पाएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका तक्दिर लामा विजयी भएका छन्। उनी १०९४ मतसहित विजयी भएका हुन्। पुतली चिन्ह पाएका उपाध्यक्षका उम्मेदवार लाक्पा नुर्बु लामा ६५ मतसहित दोस्रो भएका छन्।

यस गाउँपालिकाका ६ वटा वडामध्ये ३ वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। वडा नं ६ का उम्मेदवार भने निर्विरोध निर्वाचित भएका थिए । यो पालिकामा काँग्रेस–माओवादीको गठबन्धन थियो ।

तपाईको प्रतिक्रिया