कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक

एमालेले पाँच पालिकामा विजयी हासिल गर्दा नौ पालिका गुमायो

सुर्खेत । मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँच वटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले ३ र दुई वटामा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।

नेकपा एमालेले पालिकाहरु जित्ने भन्दा बढी गुमाउँदै गएको छ । अहिलेसम्म दैलेखको गुराँस, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, जुनिचाँदे गाउँपालिका जाजरकोट र डोल्पाको शे–फोक्शुण्डो गाउँपालिकामा जितेको छ ।
कर्णालीमा एमालेले गुमाएका पालिकाहरु

— ठाटीकाँध गाउँपालिका दैलख : यहाँ काँग्रेसका रक्षबहादुर शाहीले जितेका छन्
—चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख : काँग्रेसका गणेशबहादुर शाहीले जितेका छन् ।
— भैरवी गाउँपालिका, दैलेख : काँग्रेसकी रिता कुमारी शाहीले जितेकी छन् ।
—भगवतीमाई गाउँपालिका, दैलेखः माओवादीका गणेश थापाले जितेका छन् ।
— बनगाड कुपिण्डे नगरपालिका, सल्यान : माओवादीका कर्णबहादुर बुढाथोकीले जितेका छन् ।
— ठुलोभेरी नगरपालिका, डोल्पा : यहाँ नेपाली काँग्रेसका स्वबर्ण बुढाले जितेका छन् ।
— खाँडाचक्र नगरपालिका, कालिकोट : यहाँ स्वतन्त्र उम्मेदवारले जितेका छन्
— कपुरकोट गाउँपालिका, सल्यान : यहाँ एकीकृत समाजवादीले जितेको छ
— शिवालय गाउँपालिका जाजरकोट : यहाँ नेपाली काँग्रेसका शेरबहादुर शाहीले ल्याएर जितेका छन् ।

तपाईको प्रतिक्रिया