बराहतालको अध्यक्षमा काँग्रेसका भण्डारी विजयी

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाकाे  अध्यक्षमा काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् ।

भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् ।
विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया