स्थानीय तह निर्वाचन–२०७९

को हुन्, बराहतालको अध्यक्षमा निर्वाचित भण्डारी ?

गाडी चालकदेखि पालिका अध्यक्षसम्म

सुर्खेत । २०४५ साल असार १८ गते साविक तरंगा गाविस वडा नम्बर ४ मा जन्मिएका भिमबहादुर भण्डारीले बाल्यकाल देखि नै धेरै संघर्ष गर्न पर्यो । बुवा गोकर्ण भण्डारी र आमा तप्तकला भण्डारीका जेठा सन्तान भण्डारी सानै उमेरदेखि समाजसेवामा रुचि राख्थे । विद्यालयमा पढ्ने बेलादेखि नै उनको रुचि समाजसेवा थियो । सानै उमेरमा नै उनले बुवा गुमाएपछि एकाएक उमिाथि संघर्षका दिन आए ।

२०६१ सालमा आमाको निधन भयो । २०६३ सालमा बुवाको निधन भयो । बुवाआमाको सहारमा बस्दै आएका भण्डारीका दुई दाजुभाईलाई धेरै समस्या भयो । भण्डारीले गाडीमा सहचालकदेखि चालकसम्म बने । विभिन्न दुःख कष्टका बावजुत पनि हार नखाएर जिन्दगीलाई अगाडी बढाएका उनी अहिले नेपाली कांग्रेसको तर्फबाट बराहताल गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने मौका पाए ।

कांग्रेसबाट बराहताल गाउँपालिकाको अध्यक्षमा अन्य कसैको दाबी नपरेपछि भण्डारी सर्वसममत उम्मेदवार बनेका थिए। भण्डारी पछिल्लो एक दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् । पार्टीको साधारण सदस्यबाट राजनीतिमा आएका उनी क्रियाशिल सदस्य हुँदै १२ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि समेत भएका थिए । २०७२ भन्दा अगाडी नेपाली कांग्रेस साविक तरंगा गाउँविकास समतिको पार्टी सभापति हाँकेका उनले संघीय संरचना पश्चात पनि वडा सभापति भएर काम गरेका थिए ।

उनको राजनीति इमान्दारिता, पार्टीभित्रकोसक्रियता देखेर १४ औ महाधिवेशनमा खड्का समुहले भण्डारीलाई बराहतालको सभापतिमा उम्मेदवार बनायो । उनले १०४ मत ल्याई विजयी भए । विद्यालय पढ्दादेखि होस् या घरायसी कामकाज गर्दा अभावै अभाव झेल्दै आएक उनले कक्षा १२ सम्मको पढाई पुरा गर्न सके ।

भण्डारी शैक्षिक, सामाजिक र सांस्कृतिक अभियन्ताका रुपमा पनि परिचित छन् । चाहे शिक्षाका क्षेत्रमा होस् या त समाज सेवा लोक गित जस्ता क्षेत्रमा समेत चासो राख्ने उनलाई युवादेखि जेष्ठ नागरिकसम्मकाले उत्तिकै मायाँ गर्छन् ।

बराहताल गाउँपालिकाको शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, युवा उद्यमी, बेरोजगारी अन्त्य गर्न आफु सदैव लागि पर्ने भण्डारीले बताए ।बराहताललाई कर्णाली प्रदेशकै नमुना पालिकाका रुपमा स्थापित गर्न आफु अहोरात्र खटिने उनको भनाई छ ।

नेपाली कांग्रेसबाट सुर्खेत बराहतालको अध्यक्षमा भीम भण्डारी उम्मेदवार बनेका थिए । उम्मेदवार बनेका भण्डारी स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनबाट बराहताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा भारिमतले विजयी भएका छन् । भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् । विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया