सुर्खेत पञ्चपुरीको मेयर र उपमेयरमा कांग्रेस विजयी

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रसका विजयी भएको छ । मेयरमा कांग्रेसका लालवीर भण्डारी र उपमेयरमा मुक्तिदेवी रेग्मी निर्वाचित भएका हुन् ।

भण्डारीले ५९०९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मुक्तिदेवी रेग्मीले ६९४ मत ल्याउँदा एमालेकी दुर्गाकुमारी जैसीले ५१६८ ल्याएकी छिन् । रेग्मी २०७४ को स्थानीय निर्वाचनमा पनि उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।

पञ्चपुरी नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेस नै निर्वाचित भएको थियो ।

तपाईको प्रतिक्रिया