डोल्पाको त्रिपुरासुन्दरीमा एमाले विजयी

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका जन चन्द्र रोकाया र उपमेयरमा एमालेकै देवी घर्ती निर्वाचित भएका छन् ।

मेयरमा रोकायले २१०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र लाल धरालाले १५९६ मत ल्याएका छन् । माओवादीका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १४२२ मत पाएका छन् ।
उपाध्यक्षमा निर्वाचित एमालेकी देवी घर्तीले १८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १२९० मत पाएका छन् । नेपाली कांग्रेसकी सावित्री पहाडीले १२७७ मत ल्याएकी छिन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा यसअघि २०७४ को स्थानिय निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो ।

तपाईको प्रतिक्रिया