दैलेखको आठबीसमा एमालेको मेयर/उपमेयरको अग्रता कायमै, एक हजार मत मात्रै गन्न बाँकी

सुर्खेत । सत्तारुढ गठबन्धनलाई पछि पार्दै दैलेखको आठबीस नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । नेकपा एमालेबाट नगरप्रमुखमा तर्कबहादुर बडुवालले विहान १० बजेसम्मको मतगणना अनुसार ४९१४ मत ल्याएका छन् भने नेपाली काँग्रेसका प्रेमप्रकाश शाहीले ४ हजार ७२० ल्याएका छन् ।

यस्तै मादलले ३१२, पूतलीले १०५ र हलोले १०२ मत ल्याएको निर्वाचन अधिकृत ओमबहादुर अधिकारीले बताए । आठबीस नगरपालिकाको वडा नं। आठ र नौ को हालसम्मको मतगणना जोडदा नगरप्रमुखमा एमालेका उम्मेदवार बडुवालले १९४ मतले काँग्रस उम्मेदवार शाहीभन्दा अग्रता लिएका छन् । उनका अनुसार उपप्रमुखमा पनि एमालेले अग्रता कायम राखेको छ ।

पछिल्लो परिणाम अनुसार एमालेकी कल्पना थापाले ४७९६ मत ल्याएकी छिन भने काँग्रेसकी निशा थापाले ४६३० मत ल्याएकी छिन् ।  मादल ३९५, पुतली १०८ र हलोले १७ मत पाएको छ ।

एमाले उम्मेदवार थापाले १६६ मतले काँग्रेस उम्मेदवार भन्दा अग्रता लिएकी छिन् । ‘अब बढिमा एक हजार मत गणना गर्न बाँकी रहेको छ ।’ मतदान अधिकृत अधिकारीले भने, ‘अबको केहि घन्टामा मत परिणाम सार्वजनिक हुन्छ ।’

तपाईको प्रतिक्रिया