४४५ स्थानीय तहको मत परिणाम सार्वजनिक (सुचिसहित)

काठमाडौं।  वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। हालसम्म प्राप्त अन्तिम परिणामनुसार नेपाली कांग्रेसले ६ वटा प्रदेशमा अग्रता कायम गरेको छ। ७५३ पालिकामध्ये ४४५ पालिकाको प्राप्त परिणानुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा पालिकामा जितेको छ। गण्डकी प्रदेशमा भने नेकपा एमालेले बढी पालिकाहरु जितेको छ।

प्रदेश १ मा नेपाली कांग्रेस ४६ पालिकामा निर्वाचित भएको छ। यसैगरी नेकपा एमाले २९, नेकपा माओवादी केन्द्र १२, स्वतन्त्र ३, नेकपा एस १ र जनता समाजवादी पार्टीले १ पालिकामा निर्वाचित भएका छन्। मधेश प्रदेशमा नेपाली कांग्रेसले १६ पालिका, एमाले ७ पालिका, जसपाले ४ पालिका, नेकपा माओवादीले ३ पालिका र नेकपा एसले १ पालिका जितेका छन्।

यसैगरी बागमती प्रदेशमा नेपाली कांग्रेसले ३२ पालिका, नेकपा माओवादी केन्द्र र नेकपा एमालले १५–१५ पालिका, नेकपा एसले २ पालिका र स्वतन्त्रले २ पालिका जितेका छन्। गण्डकी प्रदेशमा प्राप्त परिणामनुसार नेकपा एमालेले ३१ पालिकामा जित हासिल गरेको छ। यसैगरी नेपाली कांग्रेसले २६ पालिका, माओवादीले ८ पालिका र स्वतन्त्रले २ पालिकामा जितेका छन्।

लुम्बिनी प्रदेशमा पनि नेपाली कांग्रेस २७ पालिकामा निर्वाचित हुँदै अग्रस्थानमा रहेको छ। यस प्रदेश नेकपा माओवादी २७ पालिकासहित दोस्रो र १५ पालिका सहित एमाले तेस्रो स्थानमा रहेको छ। लुम्विनीमा २ पालिकामा स्वतन्त्रले जित हासिल गरेका छन्। कर्णालीमा नेपाली कांग्रेसले २९, माओवादी केन्द्रले १५, एमाले १० र नेकपा एसले ३ पालिकामा निर्वाचित भएका छन्।

सुदूरपश्चित प्रदेशमा पनि नेपाली कांग्रेस ३० पालिकामा निर्वाचित हुँदै पहिलो स्थानमा कायम छ। नेकपा एमालेले २२ पालिका जित्दै कांग्रसलाई पछ्याइरहेको छ। माओवादी केन्द्रले १२ पालिका जित्दा स्वतन्त्रले १ पालिकामा जित हासिल गरेका छन्। नेपाली कांग्रेसले हालसम्म कुल २०६ पालिका जितेको छ। यसैगरी नेकपा एमालेले १२८, नेकपा माओवादीले ८६ ,नेकपा समाजवादी पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र स्वतन्त्रले १४ पालिकामा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया