यस्तो रह्यो वीरेन्द्रनगर नगर प्रमुख सुवेदीको पाँच वर्ष

सुर्खेत। २०७४ को स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कार्यकाल वैशाख ३० गतेबाट समाप्त भएको छ । विहिवार सम्मपन्न जारी स्थानीय तहको मतगणना अनुसार वीरेन्द्रनगर नगरपालिकामा नयाँ नेतृत्व चयन भएको छ । आगामी पाँच वर्षका लागि वीरेन्द्रनगरको मेयरमा निर्वतमान उपमेयर नेकपा एमालेकी मोहोनमाया ढकाल र उपप्रमुखमा एमालेकै निवर्तमान वडा नं. ४ का वडाध्यक्ष निलकण्ठ खनाल निर्वाचित भएका छन् । आर्थिक, समाजिक, प्रशासनिक र राजनीतिकरुपमा महत्वपूर्ण मानिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा नयाँ जनप्रतिनिधि आएसँगै विवाद रहित पाँच वर्षे कार्यकाल सकिएका नगर प्रमुख देवकुमार सुवेदीले आफ्ना पाँच वर्षे कायप्रगति विवरण प्रस्तुत गर्दै बिदा भएका छन् ।

सुवेदीले एक प्रेस विज्ञप्ती जारी गर्दै कार्यकाल अवधिभर साथ र सहयोगका लागि नगरवासीलार्य धन्यवाद दिदै नयाँ जनप्रतिनिधिलाई स्वागतसमेत गरेका छन् । जारी प्रेस विज्ञप्तीमा सुवेदीले भनेका छन् ‘आदरणिय नगरवासी आमावुवा दाजुभाइ तथा दिदिवहीनीहरु, नेपालको नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा तपाईंहरुको माया तथा स्नेह साथ र सहयोगले वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखको पदमा निर्वाचित हुने अवसर प्राप्त भयो ।’ ‘यसका लागि तपाईंहरु सवैमा हृदयदेखी पुन हार्दिक आभार प्रकट गर्दछु ।’

‘विगत २२ वर्षको लामो समयसम्म नेतृत्वविहिन रहेको स्थानीय तहको शुन्यतालाई चिर्दै २०७५ जेष्ठ ९ गतेका दिन नगरप्रमुखको रुपमा सपथ ग्रहणपश्चात यस पाँच वर्षे कार्यकालमा सम्पुर्ण नगरवासी सामु राखेका आफ्ना चुनावी एजेण्डा संकल्पहरु मध्ये अधिकतम भन्दा बढी कार्यहरु कोरोनामहामारी बिचमा पनि सम्पन्न गर्ने अवसर प्राप्त गरेँ ।’ नेपाली कांग्रेसका सुवेदी नगरप्रमुखमा विजयी हुँदा नगरउपप्रमुखमा भने नेकपा एमालेबाट उपप्रमुखमाम माहोनमाया ढकाल निर्वाचित भएकी थिइन । यसपालि ढकाल मेयरमा बनेक की छन् ।

नगर प्रमुख सुवेदीले पाँच वर्षे कार्यकालमा गरेका महत्वपुर्ण कार्यहरु ।

१. स्थानीय सरकारको नेतृत्वमा यस नगरपालिकालाई सुशासित तथा मर्यादित बनाउनका लागि विभिन्न प्रकारका २७ ऐन, ५४ नियम कार्यविधि तथा निर्देशिकाहरु निर्माण गरी लागु ।
. भौतिक पुर्वाधारमा यस ५ वर्षे कार्यकालमा संघिय तथा प्रदेश सरकारसँग वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा
– १०८ किलोमिटर सडक ट्रयाक खोलिएको ।
– २१ किलोमिटर सडक कालोपत्रे गरिएको ।
– १२८ किलोमिटर सडक मर्मत ।
– १२४ किलोमिटर सडक ग्राभेल ।
– ९१ किलोमिटर पक्कि नाला निर्माण ।
– ७७ किलोमिटर कच्ची नाला निर्माण ।
– ७ वटा पुल निर्माण ।
– ३८४ वटा होमपाइप तथा कल्भर्टको व्यवस्था ।
– इत्राम खोलाको पुल टेन्डर भइसकेको ।
– खोर्के खोला यरीचोक जोड्ने पुलको टेन्डर प्रक्रियामा गएको
– वडा नम्वर १५ र १६ मा विधुतिय लाइन पनि विस्तार भइसकेको ।
– सिटि बसपार्क निर्माण तथा सञ्चालन ।
– सिटि हल निर्माण तथा संचालन ।
– नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य प्रकृयामा रहेको ।
– वीरेन्द्रनगरका वडा नम्वर ५,७,८,११,१२मा शहरी नापिको अधिकांश काम सम्पन्न भइसकेको र अन्य बाँकि वडामा काम प्रक्रियामा रहेको छ ।
३. सुकुम्वासि समस्या समाधान आयोगको निर्देशन र कार्यक्षेत्रको अधिकार भित्र रहेर वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सुकुम्वासी समस्या, अव्यवस्थित बसोवास लाई व्यवस्थित गर्न कार्य प्रारम्भ गरिएको ।
४. शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाका विभिन्न विद्यालयहरुको स्तरोन्नती गर्दै वैकल्पिक तथा प्राविधिक शिक्षण विधिका लागि विद्यालयहरुलाई सक्षम वनाइएको जानकारी गराउदछुँ ।
५. स्वास्थ्य क्षेत्रमा नगरपालिकाका ।
– १६ वटै वडामा स्वास्थ्य चौकी निर्माण ।
– निशुल्क सेनेटरी प्याड वितरण (विद्यालय तथा स्वास्थ्य चौकी) ।
– अक्सिजन प्लान्ट सहित नगर अस्पताल निर्माण तथा सञ्चालन ।
– वडा नं ९ मा १५ सैयाको अस्पताल निर्माण कार्य प्रारम्भ ।
– निशुल्क एम्वुलेन्स सेवा सञ्चालन ।
– विभिन्न वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन ।
– आमाको माया एपको शुरुवात गरिएको छ ।
– आमा, बालवालिका तथा जेष्ठ नागरिक सुरक्षा कार्यक्रम ।
६. कृषि क्षेत्रमा वार्षिक रुपमा कृषकहरुलाई विभिन्न कार्यक्रम मार्फत अनुदानमा कृषि उपकरणहरु विउविजन औषधी फलफुलका विरुवा वितरण दुग्ध विकास कार्यक्रम सञ्चालन तथा कृषि पकेट क्षेत्र सञ्चालन र प्रर्वद्धनमा नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
७. वातावरण तथा पर्यावरणको क्षेत्रमा शहरी सौन्दर्य कार्यक्रम अन्तर्गत वृहत वृक्षारोपण, फोहोर व्यवस्थापनका लागि नीजि क्षेत्रसँगको सहकार्यमा व्यवस्थित कार्यसम्पादन, सार्वजनिक शौचालय निर्माण, ल्यान्डफिल्ड साइटको स्वामित्व प्राप्त गरी फोहोर व्यवस्थापनका लागि आवश्यक निर्माण कार्य शुरु भएको साथै लेदोजन्य फोहोर व्यवस्थापनका लागि अत्याधुनिक क्भिमनभ त्चभबतmभलत ऋभलतभचको निर्माण गरिएको छ ।
. उज्यालो वीरेन्द्रनगर कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर भित्र ११ वटा हाइ मास्ट लाइट जडान भइसकेको र ९ वटा जडान प्रक्रियामा गइसकेको छ ।
९. युवा तथा नगरवासीको सुस्वास्थ्यका लागि वीरेन्द्ननगर ७ कपासेमा इएभ्ल् न्थ्ःको शुरुवात भएको तथा ३ वटा थप निर्माणको चरणमा रहेको छ ।
१०. वीरेन्द्रनगरको स्थायी समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि विश्व वैंक, वीरेन्द्रनगर नगरपालिका, प्रदेश तथा संघीय सरकारको सहकार्यमा भेरीको पानी लिफ्टिग गर्ने कामको सम्झौता भइसकेको तथा हाल डिपिआरको काम भइरहेको छ ।
११. महिला स्वरोजगार कार्यक्रम तथा लक्षित वर्गका लागि विभिन्न प्रकारका आयआर्जनका कार्यक्रमहरु सञ्चालनमा रहेका छन्। वीरेन्द्रनगर नगरपालिकामा अटो रिक्सा चलाउन ३२ जना महिलालाई तालिम तथा अनुदान सहित प्रोत्साहित गरिएको छ।
१२. विपद् व्यवस्थापनका लागि पुर्व सुचना दिने प्रणालीको स्थापना, भवन निर्माण आचारसंहिता,दमकल तथा अन्य साधन र विपद् व्यवस्थापन सामग्रीको यथोचित व्यवस्थापन गरिएको छ ।
१३. बुलबुले, काँक्रेविहार, देउतीबज्यै, सहिदपार्क, गढि लगायत विभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको स्तरोन्नतीका लागि संघिय तथा प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न कार्यहरु सञ्चालन भइरहेको छ ।

पुनश्च यस ५ वर्षे कार्यकालमा मलाई सम्पुर्ण नगरवासीबाट प्राप्त भएको साथसहयोगको लागि हृदयदेखी नै आभार प्रकट गर्दै आगामी दिनमा फेरी नगरवासीकै माझमा रही सम्पुर्ण नगरवासीको सेवामा समर्पित रहिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया