नवनिर्वाचित जुम्लाका ८ वटै स्थानीय तहका प्रमुखले लिए शपथ

जुम्ला । जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा मेयर राजु सिंह कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य, सिजागाउँपालिका पूणर्प्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, गुठीचौरगाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूणर्सिंह बोहराले शपथ ग्रहण गराएका हुन् ।पालिकाका प्रमुखले उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यलाई शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया