धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

धनगढी।  ​धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। आइतबार बिहान सार्वजनिक अन्तिम परिणामअनुसार हमाल सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयरमा विजयी बनेका हुन्।

हमाल २६ हजार ४४३ मतसहित विजयी मेयरमा विजयी बनेका छन्। निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाएका छन्। उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन्। गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन्।

तपाईको प्रतिक्रिया