काठमाडौं महानगर बालेनले कटाए ४० हजार मत

काठमाडौं।  काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन्। १ लाख १२ हजार ४४२ मत गणना सकिँदा उनले ४० हजार ३ मत ल्याएका छन्। दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ९५ र तेस्रोमानेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत ल्याएका छन्।

काठमाडौंमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो। जसमध्ये हालसम्म ५९ प्रतिशत मत गनिसकिएको छ। हालसम्म ७ वटा वडामा कांग्रेस र ७ वटै वडामा एमालेका वडाध्यक्षका विजयी भएका छन्।

तपाईको प्रतिक्रिया