जनप्रतिनिधि फेरिए, पालिकाहरुका वेबसाइट वाल फेरिएनन्

सुर्खेत । स्थानीय तह निर्वाचन–२०७९ सम्पन्न भएर पनि मतगणना जेठ ६ गते नै सकिएकाे हाे । नौ पालिका रहेको सुर्खेतका पालिकाकाहरुकाे वेबसाइटहरुमा नयाँ जनप्रतिनिधिहरुकाे विवरण नै अपडेट भएका छैनन् । आइतबार मात्रै नौ वटै स्थानीय तहका प्रमुख/अध्यक्षले पद तथा गोपनियताको शपथ ग्रहण समेत लिईसकेका छन् ।

पालिकाका वेबसाईट चेक गर्दा धेरै पालिकाको वेबसाईटमा पुरानै जनप्रतिनिधिको नामसहितकाे विवरण राखिएकाे छ । पालिकाहरुमा सूचना तथा संचार प्रविधि अधिकृतशरुको दरवन्दी छ । तर, सुर्खेतका पाँच पालिकामा भने वेबसाइटनै अपडेट गरिएकाे छैन् ।

वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, लेकबेशी नगरपालिकामा मात्रै नयाँ जनप्रतिनिधिको नाम राखिएको छ भने अन्य पाँच पालिकहरुमा पुरानै जनप्रतिनिधिको नाम उल्लेख छ ।

पञ्चपुरी नगरपालिका, चौकुने, बराहताल, चिङ्गाड र सिम्ता गाउँपालिका वेबसाइटमा जनप्रतिनिधिका नाम परिर्वतन हुन सकेका छैन । पालिकाका सूचना तथा संचार प्रविधि अधिकृतसँग बुझ्दा अपडेटको प्रक्रियामै रहेको र सोमबार साँझसम्म नाम परिर्वतन हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया