स्थानीय तह निर्वाचन–२०७९

सात सय २९ पालिकाको अन्तिम परिणाम, कसले कति जिते?

काठमाडौं। स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये सात सय २९ पालिकाको अन्तिम मतपरिणाम आइसकेको छ । २२ पालिकाको मतगणना भइरहेको छ । नेपाली कांग्रेसले सबैभन्दा बढी पालिकाको नेतृत्व गर्ने भएको छ । कांग्रेसले पालिका प्रमुखमा ३२० सिट जितेको छ । कांग्रेसले अझै ६ पालिकामा अग्रता लिइरहेको छ ।

दोस्रो स्थानको नेकपा एमालेले १९९ पालिका जितेको छ । ७ पालिकामा अग्रता लिएको छ । तेस्रो भएको माओवादी केन्द्रले १२० पालिका जितेको छ भने २ पालिकामा अग्रता लिएको छ । जनता समाजवादी पार्टी जसपाले २९ सिट जित्दा २ मा अग्रता कायम गरेको छ ।

अन्यले पनि २९ सिट जित्दा २ मा अगाडि रहेको छ । अन्यमा स्वतन्त्र अगाडि रहेका छन् । त्यस्तै राप्रपा पनि रहेको छ । नेमकिपा पनि समेटिएको छ । नेकपा एकीकृत समाजवादीले १७ सिट जित्दा २ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १५ सिट जित्दा १ सिटमा अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया