काठमाडौँ । काठमाडाैँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका हुन् ।
उनी दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार २६३ मतले अगाडि छन् । सिर्जाले ३० हजार ७ सय ६७ मत ल्याएकी छन् भने नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

काठमाडौंमा १ लाख ९१ हजार ५५ मत खसेको थियो । अहिलेसम्म करिब १ लाख ५३ हजार मत गणना भइसकेको छ भने ३७ हजार ७ सयजति मत गन्न बाँकी रहेको छ ।
उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत ल्याएकी छिन् । उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मतका साथ पछ्याई राखेका छन् भने राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार १६१ मत ल्याएकी छिन् ।










नेपालीरैबार । २०७९ जेष्ठ १०, मंगलवार