सहिद पार्कमा माल्यार्पणपछि ढकालले गरिन पदभार ग्रहण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख मोहनमाया ढकाल मंगलबार दिउँसो वीरेन्द्रनरको सहिद पार्कमा पुगिन् । उनले यहीँ जेठ ८ गते पद तथा गोपनियताको सपथ खाइ सकेकी थिइन् । तर आइतबार सार्वजनिक विदा भएकाले उनले सोही दिन पदभार ग्रहण गरिन । कारण उनले, वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुलाई सपथ खुवाउने जिम्मेवारी उनको काँधमा थियो ।

सोहीअनुरुप उनले मंगलबार उपप्रमुख निलकण्ठ खनाललाई शुरुमा र त्यसपछि वडाध्यक्ष र वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाईन । औपचारिक कार्यक्रम सकिएपछि प्रमुख ढकाल र उपप्रमुख खनाल जिल्ला समन्वय समितिको हलबाट नगरपालिका प्रवेश नगरेर सहिद पार्क हानिन् ।

कारण उनले वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको सहिद पार्कमा पुगेर उनले सहिद स्तम्भमा माल्यार्पण गरिन । सहिदहरुको सम्झनामा उनले पुष्प गुच्छा माल्यार्पण गरेपछि ढकाल वीरेन्द्रनगर नगरपालिका पुगेर पदभार ग्रहण गरेकी थिइन् । उनीसँगै सहिद पार्क पुगेको उपप्रमुख खनाल र वडा नम्बर ४ मा वडाध्यक्ष शेरबहादुर केसीले पनि मंगलबार नै पदभार ग्रहण गरेका छन् ।

मौलिक अधिकारको प्रत्याभूति गराउने निर्णय
पदभार ग्रहणपछि प्रमुख ढकालले नेपालको संविधानमा उल्लेखित मौलिक हकलाई वीरेन्द्रनगरवासीलाई पूर्ण प्रत्याभूति गराउने निर्णय गरेकी छन् । ‘नजिकको सरकार स्थानीय सरकार भएकाले त्यसको कार्यान्वयनका लागि हाम्रो दायित्व अझ बढी हुन्छ,’ ढकालले भनिन्, ‘संविधानमा व्यवस्था भएका मौलिक अधिकारहरुको प्रत्याभूति गराउने दायित्व नगर प्रमुखको भएकोले पाँच वर्षमा नागरिकहरुलाई मौलिक अधिकार कार्यान्वयनको अनुभूति दिलाउनेछु ।’ नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधालाई चुस्त र दुरुस्त बनाइने उनको भनाई छ ।

विपन्नलाई आर्थिक सहयोग
यस्तै, पदभार ग्रहण कार्यक्रममा प्रमुख ढकालले तीन जनालाई आर्थिक सहयोग लागि सिफारिस गरेकी छन् । घातकजन्य रोगबाट ग्रसित वीरेन्द्रनगरका तीन जनालाई जनही रु एकला लाख रकम प्रदान गर्ने उदेश्यले सिफारिस गरिएको हो ।

औषधी उपचारका लागि वडाबाट सिफारिस भएका क्यान्सर रोगबाट पीडित वीरेन्द्रनगर २ का ६६ वर्षीय आसाराम थारु, मृगौला पीडित वीरेन्द्रनगर १ का ४५ वर्षीय रुपाकुमारी खड्का छन् । चौधरीको भरतपुर चितवन, पुनको प्रदेश अस्पताल र खड्कको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको लागि सिफारिस गरिएको छ ।

 

तपाईको प्रतिक्रिया