
सुर्खेत । वर्षातका कारण अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा हवाई अवतरण प्रभावित बनेको छ । काठमाडौंमा एक्काशी भारी वर्षाका कारण अन्तर्राष्ट्रिय जहाज अवतरणमा समस्यामा भएको त्रिभूवन विमानस्थलले जनाएको छ ।
भारतको नयाँ दिल्लीबाट काठमाडौंमा आएको इन्डीगो जहाज ६ फन्को लगाएर अवतरण हुन नसकेपछि लखनऊ डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनकाअनुसार कतारकाे दाेहा र दक्षिण कोरियाबाट आएका दुई जहाज रौतहटको अकाशमा होल्डमा छन् । उनले मौसममा सुधार हुने बित्तिकै अवतरण गराइने जनाए । भिजिबिलिटी कम भएपनि विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा समस्या नभएपनि अवतरणमा समस्या देखिएको विमानस्थलले जनाएको छ ।

नेपालीरैबार । २०७९ जेष्ठ ११, बुधबार