दैलेखमा बस दुर्घटना : ३९ जना घाइतेकाे प्रदेश अस्पतालमा उपचार हुँदै

सुर्खेत । दैलेखमा गएराती भएकाे बस दुर्घटनामा ३९ जना घाइते भएका छन् । दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा यात्रुबाहक बस दुर्घटनामा घाइते ३९ जनाकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे हाे ।

तस्वीर निरज ढकालकाे फेसबुकबाट ।

दैलेखमा प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहकाअनुसार घाइते हुनेमा सामान्य चोट लागेकाेदेखि गम्भीर घाइते रहेका छन् । घाइतेहरु सबैलाई गएराती नै उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत पठाइएको हाे । बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ ।

मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबोट झण्डै ४० मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो । साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा छन् । बस के कति कारणले दुर्घटना भएको हो भन्ने एकिन कारण खुलेकाे छैन् ।

मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का ३६ वर्षीय काँशीराम पाण्डे, साेही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का अन्दाजी बर्ष ४६ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाही रहेकाे जिल्ला प्रहरी कार्यालय ले जानकारी दिए । दुर्घटनामा चार जनाकाे मृत्यु भएकाे छ ।

तपाईको प्रतिक्रिया