वीरेन्द्रनगर नगरपालिकालाई पूर्वाधार तथा सामाजिक न्यायको विकासमा सुझाव

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले नगरपािलकालाई सल्लाह सुझाव दिएका छन्। बिहीबार वीरेन्द्रनगरको कार्यालयमै पुगेर सुवेदीले नवनिर्वाचित नगरप्रमुख मोहनमाया ढकाल र उप–प्रमुख निलकण्ठ खनाललाई वीरेन्द्रनगरको सम्रग विकासका बारेमा सुझाव दिएका हुन्।

निवर्तमान नगरप्रमुख सुवेदीले नगरपालिकासँग सामान्य छलफल तथा परामर्श बैठकमा बाेल्दै वीरेन्द्रनगरको पूर्वाधार तथा सामाजिक न्यायको विकास सँगै नगरकाे संवृद्धि र सम्भावनाका विषयमा ध्यान दिन सुझाव दिए।

यस्तै, नगरप्रमुख ढकालले उक्त सुझावलाई मनन गर्दै सल्लाह, सुझाव, सहयोग र समन्वयको धन्यवाद व्यक्त गरिन्।

नवनिर्वाचित जनप्रतिनिधिलाई सल्लाह सुझाव दिन कार्यालयमा नेकपा एमाले स्थायी कमिटि सदस्य तथा एमाले कर्णाली इन्चार्ज यामलाल कँडेल, राष्ट्रि प्रजातन्त्र पार्टीबाट वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख पदका प्रत्यासी मुकुन्दश्याम गिरीको पनि सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया