सुर्खेत बुहुमुखीले विद्यार्थीको गुनासो नसुनेपछि प्रशासनमा तालाबन्दी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको सुर्खेत बहुमुखी क्याम्पसले विद्यार्थीहरुको गुनासो नसुनेपछि विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका छन्। बिहीबार संयुक्त विद्यार्थीहरुको समूहले सुर्खेत बहुमुखी क्याक्पसको प्रशासन भवनमा  तालाबन्दी गरेको हो।

क्याम्पसले विद्यार्थीहरुको शुल्क वृद्धि गरेपछि विद्यार्थीहरुले असन्तुष्टि जनाउँदै आएका थिए। विद्यार्थीहरुको गुनासो क्याक्पस प्रशासनले नसुनेको भन्दै विद्याथीहरुले प्रशासनमा तालाबन्दी गरेका हुन्।

क्याम्पसले यहीँ जेठ ५ गतेदेखि लागु हुने गरी चर्को शुल्क बढाएपछि विभिन्न विद्यार्थी संगठनले २४ घण्टा अल्टिमेटम दिएका थियो। मंगलबार विद्यार्थीले दिएको २४ घण्टे अल्टिमेटमको सुनुवाई नभएपछि विद्यार्थीहरुले बुधबार क्याम्पसको लेखा शाखाका तालाबन्दी गरेका थिए। भने आज प्रशासनमा तालाबन्दी गरेका छन्।

मंगलबार चार वटा विद्यार्थी संगठन अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त रुपमा क्याम्पसलाई त्रिभूवन विश्व विद्यालयको विपरित ५० प्रतिशत शुल्क एकैचोटी बढाएर निजी शैक्षिक संस्थाको जस्तो अनियन्त्रित रुपमा निर्णय गरेको भन्दै २४ घण्टे अल्टिमेटम दिएका थिए। हाल प्रशासन र विद्यार्थीहरुबीच यसै विषयमा छलफल चलिरहेको छ ।

यस्तै, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेपछि क्याम्पसका सबै कामकाजहरु ठप्प भएका छन् ।

तपाईको प्रतिक्रिया