सल्यानमा बस दुर्घटना, ६ जना घाइते 

सल्यान । शुक्रबार सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको त्रिशिद्वेश्वरी राप्ती यातायात प्रा.लि द्वारा संचालित ना ३ ख ३८८४ नम्बरको बस दुर्घटनामा परेकाे छ।

उक्त बस दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्।

दुर्घटनामा परी घाइते हुने मध्य सल्यान छत्रेश्वरी गाउँपालिका-२ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका-८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका-३ की ५८ वर्षीया दिलकुमारी खड्का रहेका छन्।

घाइतेहरूको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ। बागचौर नगपालिका-८ शारदा खोला पुल नजिकै बस दुर्घटना भएको हो। बस के कारणले दुर्घटना भएको हो भन्ने कुराको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया