सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बुलबुले ट्रान्सपोर्ट सञ्चालनमा आएको छ। वीरेन्द्रनगर नगरपालिका–४ भैरबस्थानमा शनिबार ट्रान्सपोर्ट सञ्चालमा आएको हो। २५ लाखको लागतमा बुलबुले ट्रान्सपोर्टको स्थापना भई सञ्चालनमा ल्याएको सञ्चालक रामप्रसाद पाण्डेले जानकारी दिए।
सञ्चालक पाण्डेका अनुसार ट्रान्सपोर्टको मुख्य कार्यालय सुर्खेतसँगै अन्य कार्यालयहरु आजैका दिनदेखि काठमाडौंको सानो भ¥याङ, नेपालगन्ज र जुम्लाबाट पनि सञ्चानलमा आएका छन्।
यस्तै, बुलबुले ट्रान्सपोर्टले सबै प्रकारका समानहरुको ढुवानी समयमै छिटो–छरितो तरिकाले गर्ने जनाएको छ।
उक्त ट्रान्सपोर्ट उद्घाटन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले ढुवानी प्रक्रियालाई छिटो–छरितो बनाउँनका लागि यस बुलबुले ट्रान्सपोर्टको स्थापना गरिएको र त्यसै अनुरुप काम गर्न समेत सुझाव दिए।
अध्यक्ष कँडेलले भने, ‘कणाृली प्रदेशका धेरै जिल्लाहरु दुर्गम छन्। सबै जसो ठाउँहरुमा समानहरुको ढुवानी समयमै नपुग्ने व्यवसायीहरुको समस्या आएको छ। अब त्यस्ता समस्याहरुका समाधान यस बुलबुले ट्रान्सपोर्टले छिटो छरितो र २४ घण्टा भित्र सेवा दिनका लागि रात/दिन नभनी काम गर्नु पर्ने देखिन्छ ।’
यस्तै, संघका अन्य पधादिकारी लगायत स्थानिय व्यापारीहरुको सहभागीता रहेको थियो।
नेपालीरैबार । २०७९ जेष्ठ १४, शनिबार