सम्पर्कविहीन जहाज दुर्घटना भएको आशंका

काठमाडौं।  पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले सम्पर्क विहीन बनेको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको बताए।

तारा एयरको ९ एनएईटी ट्विनअटर जहाजमा १९ यात्रु र तीन जना चालक दलका सदस्य सवार थिए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्क विहिन विमानको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी लगायतको टोली परिचालन भएको जानकारी दिए। ‘विमान सम्पर्क विहिन भएको लामो समय भइसक्यो। हामीले खोजी कार्य जारी राखेका छौं। अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ उनले भने।

तपाईको प्रतिक्रिया