सर्वोच्चले विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनियोजन !

काठमाडौं । सर्वोच्च अदालतले विमानस्थल निर्माणको सबै निर्णय खारेज गर्दै विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बजेटमा उल्लेख भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा उक्त विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बताएका हुन्।

हवाई पूर्वाधार निर्माण शीर्षकमा अर्थमन्त्री शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उल्लेख गरेका हुन् । ढाँचा निर्माण गर्ने भनेपछि त्यसका लागि रातो किताबमा बजेट विनियोजनसमेत गरिने हुन्छ ।

तपाईको प्रतिक्रिया