दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज

काठमाडौं।  आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेको छ। स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको हो।

जहाज मुस्ताङको थासाङ– २ को पहाडमा ठोक्किएको अवस्थामा भेटिएको हो। यसबारे थप विवरण केहीबेरमा आउने नेपाली सेनाले जनाएको छ। पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज आइतबार बिहानदेखि बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए।

तपाईको प्रतिक्रिया