कर्णाली सरकारले नीति तथा कार्यक्रम मंगलबार ल्याउँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम भोलि (मंगलबार) ल्याउने भएको छ । आगामी आर्थिक बर्ष २०७९/०८० का लागि मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने भएको हो ।

आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने बर्षका रुपमा लिने बताईएको छ ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले यो पहिलो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम र बजेट रहेको बतए ।

उनका अनुसमर विगतका थुप्रै अधुरा योजनाहरुलाई मुर्तरुप दिँदै नयाँ योजना थप्ने र पुराना योजनामा बजेट थपेर ल्याउने तयारी थालिएको छ ।

यस्तै, यस वर्ष ल्याइने बजेट विगत भन्दा केही घटेर आउने आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया