नवनिर्वाचित जनप्रतिनिधिसँग बालुवाटारवासीको माग : लालपुर्जाको व्यवस्थापन गरिदिनुहोस्

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ बालुवाटारवासीले वडाका नवनिर्वाचित जनप्रनिधिसँग तत्काल लालपुर्जाको व्यवस्थापन गरिदिन माग राखेका छन् ।

सोमबार वीरेन्द्रनगर-११ का बालुवाटारवासीले नवनिर्वाचित वडाका जनप्रतिनिधिहरुलाई स्वागत कार्यक्रम गर्दै यस्तो माग राखेका हुन् ।

बालुवाटार गन्धर्व भूमीहिन खाद्य अधिकार समुहको आयोजनामा विभिन्न सवाल सम्बोधन बारेमा छलफल समेत गरेको छ ।

छलफल गर्दै समूहले वडा कार्यालयलाई सम्पुर्ण सुकुम्वासी गन्धर्वहरुलाई जग्गा तथा लालपुर्जाको व्यवस्थापन, घर आवासको व्यवस्थापन, रोजगारी तथा सीपमुलुक कामको व्यवस्था तथा आय आर्जनको व्यवस्थापन गरिदिन माग गरेका छन् ।

यस्तै, समूहले नवनिर्वाचित जनप्रतिनिधिहरुसँग शुद्ध पिउने पानिको व्यवस्था, सडकको व्यवस्था, विधुत मिटरको लागि विशेष पहल र पक्कि तटबन्धनको व्यवस्था गरिदिन समेत माग गरेका छन् ।

वडा अध्यक्ष खिमलाल देवकोटाले समूहको समस्या तथा मागहरु सुनिसकेपछि आगामि दिनहरुमा समाधान गर्नतर्फ लाग्ने प्रतिबद्धता जाहेर गरे ।

यस्तै, वडा सदस्य तृप्तिकुमारी विकले योजनावद्ध तरिकाले भुमिहिन, खानेपानी, सडक, स्वास्थ्य, शिक्षा लगायतका कुराहरुमा विशेष जोड् दिने बताईन् । उनले यस समूदायकोे विषयलाई प्रथामिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै, खाद्य अधिकारका विषयमा काम गर्दै आएको फियान नेपालले कर्णाली प्रदेशका संयाेजक प्रकाश नेगीले बालुवाटार नागरिकहरुको समस्या समाधान नहुनजेलसम्म डटेर लाग्ने र समस्या समाधान गराउँन सरकारलाई ध्यानकर्षण गराउने प्रतिबद्धता जनाए  ।

उक्त कार्यक्रमा ६० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

यस ठाउँमा बसोबास गर्ने गन्र्धवहरुको पुख्र्यौली घर कास्की, बाग्लुङ्ग र स्याङ्जा जिल्ला हो । उनिहरु २६ वर्ष पहिले फिरन्ते शैलिमा सारगीं बजाई गाना गाउदै अरुलाई मनोरन्जन दिदैं हिड्रने क्रममा सुर्खेत पुगेका थिए ।

हाल संस्कृति जगाउदै हिड्रने गन्धर्वहरुको संस्कृति आधुनिक सूचना प्रविधिको विकास र सरकारी वेवास्ताका कारण हामी गन्धर्व समुदायको पेशा विस्थापन हुने अवस्थामा पुगेको छ ।

उक्त समुदाय करिब १० धुर देखि ३ कट्टासम्म ऐलानी जमिन भोगचलन गर्दै आईरहेको भए पनि उक्त जमिनको स्वामित्व (जग्गाधनी प्रमानपत्र) प्राप्त नहुदा भूमिहिन अवस्थामा रहेका छन् ।

२५ घरधुरी रहेका यस समूदायसँगै सुर्खेत जिल्लाको विभिन्न स्थानहरु वीरेन्द्रनगर नगरपालिकाको वालुवाटार त्यसैगरि चिसापानी, तातापानि, बसपार्क, रामघाट, मेलकुना घुम्नेखाली लगायतका स्थानहरुमा गरि १०० घरधुरी छरिएर वसोवास गर्दै आईरहेका छन् ।

तपाईको प्रतिक्रिया