आफैलाई भोट नदिने कर्णालीका एक सय १९ वडाध्यक्षका उम्मेदवार (सुचिसहित)

सुर्खेत।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा कर्णालीमा वडाध्यक्षका उम्मेदवार बनेका १ सय १९ जनाले आफैलाई भोट नहालेको पाइएको छ। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी राजनीतिक दल र स्वतन्त्र गरेर ११९ जनाले आफैलाई भोट नहालेका हुन्। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार स्वतन्त्र उम्मेदवार मात्रै होइन, प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका उम्मेदवारहरुले पनि आफैलाई भोट दिएनन्।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेपाली कांग्रेसबाट कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ को वडाध्यक्षका उम्मेदवार अवप्लाल धमालाले शून्य भोट पाए भने नेकपा एमालेबाट हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं। २ को वडाध्यक्षका उम्मेदवार बनेका नेकपा एमालेका उज्वला जेठाराले पनि आफैलाई भोट हालेनन्। माओवादी केन्द्रबाट सल्यानको त्रिवेणी गाउँपालिका–२ का अध्यक्षका उम्मेदवार सुकलाल बस्नेत, कालिकोटको शुभकालिका गाउँपालिका–७ का उम्मेदवार दलवीरे कामी र दैलेखको नारायण नगरपालिका–४ का अध्यक्ष उम्मेदवार जगतबहादुर विश्वकर्माले पनि एउटै भोट पाएनन्।

वडाध्यक्षमा उम्मेदवारी दिएर आफैलाई भोट नहाल्नेमा राजनीतिक दल मध्ये एकीकृत समाजवादीका उम्मेदवार धेरै छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार एकीकृत समाजवादीबाट हुम्लाको नाम्खा गाउँपालिका–१ का वडाध्यक्षका उम्मेदवार पेमादोर्जी तामाङ, खार्पुनाथ गाउँपालिका–२ का उम्मेदवार कर रावल, डोल्पाको ठुलीभेरी नगरपालिका–५ का उम्मेदवार चन्द्रे रोकाय, मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ का उम्मेदवार गोटुक तामाङको मत शून्य छ।

यस्तै एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ का उम्मेदवार ललिजन बम, कालिकोटको रास्कोट नगरपालिका–१ का उम्मेदवार हिक्मत न्यौपाने, रास्कोट नगरपालिका–२ का उम्मेदवार माधव उपाध्याय, रास्कोट नगरपालिका–४ का उम्मेदवार कृपाराम उपाध्याय, रास्कोट नगरपालिका–५ का उम्मेदवार सनेश शाही, महावै गाउँपालिका–६ का उम्मेदवार रणबहादुर शाही, पलाता गाउँपालिका–४ का उम्मेदवार नवराज सिंह, नरहरिनाथ गाउँपालिका–९ का उम्मेदवार दलबहादुर सहकारी, तिलागुफा नगरपालिका–१ का उम्मेदवार कलमबहादुर शाही, तिलागुफा नगरपालिका–६ का उम्मेदवार हरिबहादुर शाही, तिलागुफा नगरपालिका–७ का उम्मेदवार विष्णुबहादुर शाहीले पनि आफैलाई मत दिएनन्।

आयोगका अनुसार जाजरकोटको भेरी नगरपालिका–११ का उम्मेदवार पुरुषोत्तम भट्टराई, भेरी नगरपालिका–१२ का उम्मेदवार डम्वरबहादुर सिंह, बारेकोट गाउँपालिका–३ का उम्मेदवार भक्तबहादुर शाही, बारेकोट गाउँपालिका–४ का उम्मेदवार लोकेन्द्रबहादुर सिंह, छेडागाड नगरपालिका–१३ का उम्मेदवार डम्वरसिंह ठकुरी, दैलेखको भैरवी गाउँपालिका–४ का उम्मेदवार आशिककुमार थापा, नारायण नगरपालिका–४ का उम्मेदवार नन्दराम विश्वकर्मा, आठबीस नगरपालिका–५ का उम्मेदवार गनराज जैसी, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –११ का उम्मेदवार चन्द्रबहादुर विकको पनि शून्य मत छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भुपाल सार्की, बराहताल गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार बालाराम बस्नेत र लेकवेशी नगरपालिका–७ का वडाध्यक्षका उम्मेदवार यामप्रकाश मगरले पनि एउटै भोट पाएनन्।

यस्तै डोल्पाको ठुलीभेरी नगरपालिका–९ बाट राप्रपाका वडाध्यक्षका उम्मेदवार लालबहादुर कठायत, तिलागुफा नगरपालिका–९ बाट वडाध्यक्षका उम्मेदवार हरिपाले राना, खाडाचक्र नगरपालिका–६ का सन्तोष कामी, बारेकोट गाउँपालिका–४ का दानबहादुर सिंह, नौमुले गाउँपालिका–४ का भिमबहादुर मगर, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–५ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दलबहादुर सिंहले पनि आफैलाई भोट हालेनन्। राप्रपा नेपालबाट कालिकोटको महावै गाउँपालिका–६ को वडाध्यक्षमा उम्मेदवारी दिएका नैनबहादुर भण्डारी र सुर्खेतको चौकुने गाउँपालिका–१ मा उम्मेदवारी दिएका वीरबहादुर साउँदले पनि शून्य मत पाए। निर्वाचन आयोगको तथ्याङ्कमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ७८ जनाले पनि एउटै मत पाएका छैनन्। – नगेन्द्र उपाध्याय नागरिक दैनिक

तपाईको प्रतिक्रिया