नागरिक आवाज कानूनी सचेतना केन्द्रको अध्यक्षमा विसी

सुर्खेत । नागरिक आवाज कानूनी सचेतना केन्द्र कर्णाली प्रदेश सुर्खेतको अध्यक्षमा दिपेन्द्रकुमार विसी सर्वसम्वत चयन भएका छन् । मंगलवार सम्पन्न केन्द्रको भेलाले विसीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा रचना पन्थी र सृष्टि पन्थि चयन भएकी छन् । यस्तै सचिवमा दिलबहादुर भण्डारी, स-सचिवमा अनिल कार्की र प्रतिष्ठा सुनार सर्वसम्वत चयन हुँदा कोषाध्यक्षमा करुणा बैगार चयन भएकी छन् ।

कार्यसमिति सदस्यहरुमा सुर्य ब. शाही, अञ्जली राना, महेन्द्र बुढा, सुष्मा दाहाल, हिमाली पाण्डे, निशा शाही, यमुना के.सि, सम्झना सुनार, प्रविन गिरी र भावना शाही चयन भएका छन् ।

२१ सदस्यीय कार्यसमितिमा तीन जना सदस्य भने कार्यसमितिले मनोनित गर्नेछ । समसमायिक बिषयवस्तुमा कलम चलाउदै आएका विसी गुराँस गा.पा-७ दैलेखका निवासी हुन् । उनी मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत स्कुल अफ ल मा बीएएलएलबी तहमा अध्ययनरत छन् । नागरिक आवज कानूनी सचेतना केन्द्रले देशव्यापी कानूनी सचेतनाका कार्यक्रमहरु गर्ने उद्देश्य राखेको छ ।

देशभर कानून विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सांगठनिक गरी समुदायमा कानूनी प्राव्धान नबुझेर पीडा झेलिरहेका नागरिकलाई न्यायीक प्रक्रियामा सहभागी गराउने केन्द्रको मुख्य उद्देश्य हो । राज्यका महत्वपूणर् कानूनी सवालहरुमा केन्द्रका तर्फबाट राज्यलाई सुझाव दिदै स्थानीय सरकारसँग समन्वयमा रहेर न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन केन्द्रको सहयोग रहने छ ।

माध्यमिक तह र विश्वविद्यालय तहमा कानुन अध्ययन गरिरहेका विद्यार्थीहरुलाई कानुन व्यवसायिक अभ्यास तालिम प्रदान, बहस र पैरवीका कार्यक्रम, तीन तहका सरकार र अन्य सामाजिक संस्था तथा विद्यालय, विश्वविद्यालयसँग सहकार्य गरि सामाजिक र शैक्षिक क्षेत्रमा अगाडी बढ्ने उद्देश्यका साथ केन्द्र गठन गरिएको अध्यक्ष विसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया