वीरेन्द्रनगर कार्यपालिकाको निर्णय:

ज्येष्ठ नागरिककाे निःशुल्क स्वास्थ्य बीमादेखि नगर शैक्षिक कोष स्थापनासम्म

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका नगरकार्यपालिको पहिलो बैठकले निःशुल्क स्वास्थ्य बीमादेखि नगर शैक्षिक कोष स्थापनासम्मका निर्णय गरेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका, नगरकार्यपालिका पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन–२०७९बाट निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठक जेठ–२३ गते बसेर विभिन्न १५ बुँदेमा निर्णय गरेको छ ।

कार्यपालिकाको पहिलो बैठकले स्वास्थ्य सेवालाई प्रभावकारी गराई नागरिकमा समाजिक सुरक्षाको अनुभूति गराउन ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घ रोगीको यर्थात विवरण लिई निश्चित मापदण्ड कार्यविधि तयार गरि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय भएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।

प्रमुख ढकालका अन्सार वीरेन्द्रनगर बजार क्षेत्रको फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन, स्थानीय सरकार सञ्चालन एने, २०७४ अनुसार वडा समितिलाई पूर्णरूपमा जिम्मेवादी दिने र नगरपालिकालाई पहिलो पक्ष र क्लीन नेपाल, दास्रो पक्षबीच सम्झौता भई निजी क्षेत्रलाई जिम्मेवारी दिईएको सन्दर्भमा सम्झौताका सर्त बमोजिम दास्रो पक्षलाई फोहोर व्यवस्थापनमा जिम्मेवार बनाउँने सागै समयैमा फोहोर उठाउन अनिवार्य रूपमा सयम तालिका पेश गर्न लगाई सोही बमोजिम भए नभएको प्रभावकारी अनुगमन गर्ने र अनुगमनका क्रममा कैफियत देखिएमा ठेक्का तोड्ने प्रक्रिया समेत अगाडी बढाउने निर्णय भएका छन ।

यस्तै, म बनाउँछु मेरो नगरलाई शैक्षिक हब अभियान अन्तर्गत नगरको शैक्षिक स्तर अभिवृत्ति गर्न एक स्वेछिक शैक्षिक कोष स्थापना गर्नका लागि आवश्यक कानून बनाई सोको प्रारम्भीक मस्यौदा पेश गर्न शिक्षा, युवा तथा खेलकुद शाखालाई जिम्मेवारी दिने निर्णय नगरकार्यपालिकाले गरेको छ ।

तपाईको प्रतिक्रिया