भेरीगंगा–४ मा लामखुट्टे भगाउने बालेको आगो सल्केर १ भैसी र ६ कुखुराकाे मृत्यु

सुर्खेत । जिल्लाको भेरीगंगानगरपालिका–४ मा लामखुट्टे भगाउने बालेको आगो सल्केर भैसीको मृत्यु भएको छ । शुक्रबार दिउँसो साँझ साडे ७ बजेको समयमा लामखुट्टे भगाउने बालेको आगो सल्केर गोठ जल्दा भैसीको मृत्यु भएको हो ।

फाइल फाेटाे

जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–४ भञ्ज्याङ का शेरबहादुर वलीको कच्ची गोठमा लामखुट्टे भगाउन बालेको आगोबाट गोठमा आगो सल्किएको थियो ।

उक्त आगलागीबाट गोठ पुर्ण रुपमा जली नष्ट भएको गोठभित्र रहेको एक ओटा भैसको मृत्यु भएको छ भने एक ओटा भैसी जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, गोठ भित्र रहेका ६ वटा लोकल कुखुरा पनि जलेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ । गोठमा नयाँ घर बनाउन राखिएका सालको काठ जलेर नष्ट भएको छन् भने करिब तिन लाख बराबरको क्षति भएको छ ।

प्रहरीले मानवीय क्षति नभएको जनाएको छ । उक्त आगो राती ८ बजेको समयमा प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया