गुर्भाकोटमा नेपाल टेलिकमको टावर ढल्यो

टेलिकम भन्छ हामीलाई जानकारी नै छैन्

सुर्खेत । जिल्लाको गुर्भाकोट नगरपालिका–१ मा रहेको नेपाल टेलिकमको टावर ढलेको छ । नगरपालिका–१ गोठेरी डाडामा रहेको नेपाल टेलिकमको टावर ढलेको हो ।

२८ गते राती आएको हावाहुरीले टावर ढलेपछि टावर र सोलार पातामा क्षती पुगेको स्थानीयले बताएका छन् । यस विषयमा जानकारी लिन खोज्दा नेपाल टेलिकम सुर्खेतका प्रमुख सन्तोस शर्माले आफुसँग कुनै जानकारी नभएको र तत्काल बुझेर खबर गर्ने बताए ।

यस्तै, गुर्भाकोट नगरपालिका–१ वडा अध्यक्ष राकबहादुर शाहीले १, २, ३, ४ र ५ मा सञ्चार बिहिन भएको नेपालीरैबारलाई जानकारी दिए ।
उनले भने, ‘हिजो आएको हावाहुरीले टाटर ढलेको छ । भने, नगरपालिकक ५ वटा वडामा सञ्चार सेवा अवरुद्ध भएको छ ।’

तपाईको प्रतिक्रिया