सुर्खेत । कर्णाली प्रदेशमा देखिएको पेट्रोल अभाव भोलीबाट मात्रै सहज हुने भएको छ । तेल भरेर नेपाल आउँदै गरेका ट्यांकरहरुलाई भारतीय कस्टमले रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोल अभाव चुलिएको हो । तर नेपाल आयल निगम इन्धन डिपो कार्यालय नेपालगञ्जका प्रमुख दिपकप्रसाद घिमिरेले भारतीय आयल कर्पोरेशनले एक्जीम कोड मागेकाले तेल आपूर्ती रोकिएको नेपालीरैबारलाई बताए ।
‘भन्सारबाट तेल बोकेको ट्यांकरहरु सबै रुपैडियामा छन्, कोड बनाएर पठाइएकाले भित्र्याउने कार्य भइरहेको छ,’ घिमिरेले भने, ‘सोमबारसम्म तेल आपूर्तीलाई सहज बनाउनेगरी काम भइरहेको छ ।’ नेपाल आउने क्रममा रहेका तेल बाेकेका गाडीहरु काेड मागेका कारण आज भारतमै रहेपनि कर्णाली र लुम्विनी प्रदेशका सबै जिल्लामा भाेलीदेखी पेट्राेलकाे सहज उपलव्धता हुने उनी बताउँछन् ।
नेपालीरैबार । २०७९ जेष्ठ २९, आईतवार