वीरेन्द्रनगरमा २० हजार लिटर पेट्रोल आउँदै

सुर्खेत । कर्णाली प्रदेशमा देखिएको पेट्रोल अभाव सोमबार दिउँसोबाट सहज हुने भएको छ । जसका लागि वीरेन्द्रनगरमा २० हजार लिटर पेट्रोल बाेकेकाे ट्यांकर नेपालगञ्जदेखी सुर्खेत हिडेकाे छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय नेपालगञ्जका प्रमुख दिपकप्रसाद घिमिरेले अबको साढे दुई घण्टामा २० हजार लिटर पेट्रोल वीरेन्द्रनगरमा आईपुग्ने बताए ।

प्रमुख घिमिरेका अनुसार भन्सारबाट तेल बोकेको ८९ वटा ट्यांकरहरु सबै रुपैडियामा रहेको नेपालीरैबारलाई जानकारी दिए । उनले भने, ‘हामीले कर्णालीका लागि २० हजार लिटर पेट्रोल पठाई सकेका छाैं अबको साढे दुईघण्टामा वीरेन्द्रनगरमा पुग्नेछ । नागरिकलाई उपभोग गर्नका लागि सहज हुनेछ ।’

प्रमुख घिमिरेले थपे, ‘२० हजार लिटर आएको पेट्रोल वीरेन्द्रनगरमा रहेका विभिन्न आयल निगममा शंखर आयल स्टोर, गंगामालामा, नारायण, दिपमाला र बुलबुले आयोल पेट्रोल पम्पमा झार्छ होला । २० हजार लिटर आएको छ ।’ यस्तै, तेल भरेर नेपाल आउँदै गरेका ट्यांकरहरुलाई भारतीय कस्टमले रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोल अभाव चुलिएको थियो ।

रुपैडियामा ६० गाडी डिजेल, २५ गाडी पेट्रोल, ४ वटा गाडी हवाई इन्धन बोकेका गाडी राेकिएका छन् । भारतीय आयल कर्पोरेशनले एक्जीम कोड मागेकाले कर्णालीमा तेल आपूर्तीमा समस्या भएकाे हाे ।

तपाईको प्रतिक्रिया