२० हजार लिटर पेट्राेल आउँदा पम्पमा थेगी नसक्नु भीड

सुर्खेत । सुर्खेतमा आइतबारदेखि पेट्रोल अभाव भएपछि पम्पमा थेगी नसक्नु भिड लागेको छ । इन्डियन आयल कर्पोरेसनले एक्जीम कोड नभएको भन्दै तेल बोकेका ट्याङकरलाई नेपाल–भारत सिमा रुपैडिया रोकि दिएपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो ।

सोमवार दिउँसो भने सुर्खेतका लागि २० हजार लिटर पेट्रोल आइपुगेको छ । नेपाल आयल निगमका वीरेन्द्रनगरस्थित आधिकारिक विक्रेता शंखर आयल, गंगामालामा, नारायण, दिपमाला र बुलबुले आयल स्टोरमा तेल आइपुगको हो । पेट्रोल आएपछि भर्नेहरुको बाक्लो भिड लाग्दा विक्रेतालाई तेल विक्रीमा सास्ती भएकाे छ ।

 

 

तपाईको प्रतिक्रिया