भोलि भन्ने शव्द स्काउटमा हुनु हुँदैन् : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्काउटमा भोलि भन्ने शव्द नहुनु पर्ने बताएका छन् । आइतबार वीरेन्द्रनगरमा भएको स्काउट नेपालको ७१औं स्थापना दिवसकाे अवसरमा बोल्दै मुख्यमन्त्री शाहीले स्काउटमा आवद्ध भएका व्यक्तिहरुमा ‘भोलि’ शव्द नहुनु पर्ने यदी भएमा हटाउनु पर्ने बताए ।

मुख्यमन्त्री शाहीले भने, ‘स्काउटका साथीहरु जुन पाेसाक लाउँनु हुन्छ । देशको, नागरिकको रक्षा गर्नुहुन्छ । स्काउटमा त्यस्ता व्यक्तिहरुमा ‘भोलि’ शव्द कहिले पनि हुँदैन् । आज, आज मात्रै हैन्, अहिले नै जाग्नु पर्छ । अरु ढिलो होलान । तर, स्काउट ढिलो हुनुहुँदैन् ।’

 मुख्यमन्त्री शाहीले जस्ता सुकै प्रकृति वा रिस भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिन पनि स्काउटले  मात्रै सक्ने बताए ।

यस्तै, नेपाल स्काउट कर्णाली प्रदेश संयोजक कमल बोहोराले कर्णाली प्रदेशमा स्काउट एक अवसरको रुपमा रहेको बताए । बोहोराले भने, ‘हाम्रो प्रदेश गरिब भने पनि धनी छ । तर, यहाँका धेरै जसो विद्यालयहरु बाढी, पहिरोको जोखिममा छन् । त्यस्ता अवस्थामा रहेका विद्यालयहरुमा हुने सक्ने घटना पछिकाे उद्धारका लागि स्काउटको आवश्यक छ ।’

बोहोराले थपे, ‘कर्णालीका धेरै युवाहरु स्काउट बने भने हाम्रो देशमा धेरै सहयोग मिल्नेछ । पछिल्लो समय स्काउटले हाम्रो अनुशासन र व्यवहारमा परिर्वतन गर्दै देशमा आफ्नो पहिचान बनाउँदै गएको छ ।’ साथै उनले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा अन्य सहभागीहरुलाई स्काउटलाई थप सल्लाह सुझाव दिन अनुरोध समेत गरे ।

यस्तै, स्काउट कर्णाली संयोजक बोहोराले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा (क्षेत्री)लाई दीक्षान्त गरेको जानकारी दिए ।

बोहोराले स्काउटको नियम अनुसार मुख्यमन्त्री शाहीलाई स्काउट संरक्षक र सामाजिक विकास मन्त्री बुढालाई प्रमुख स्काउटका रुपमा दीक्षान्त गरिएको बताए ।

यस्तै, स्थापना दिवसको अवसरमा कोभिड–१९ काे समयमा स्यंमसेवकका रुपमा काम गरेका एक सय १५ जनालाई कोभिड अवार्ड, बल्ड डोनेसन गरेका ७ जनालाई प्रमाण–पत्र र ईन्टरनेट सम्बन्धि तालिम लगेका २३ जनालाई ईन्टरनेट तालिम प्राप्त प्रमाण–पत्र वितरण समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया