एमयुले बाल अधिकारका विषय आमसञ्चारको पाठ्यक्रममा समावेश गर्ने

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बाल अधिकार, बाल मनोविज्ञान जस्ता विषय कानून वा आमसञ्चार पाठ्यक्रममा अध्यापन गराइने बताएका छन् ।

वीरेन्द्रनगरमा सोमबार आयोजना गरिएको बाल अधिकार र आमसञ्चार विषयक कार्यक्रममा उनले पाठ्यक्रममा ती विषय समेटिए त्यसले कर्णालीका बालबालिकाको हक अधिकार सुनिश्चित गर्न सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

उपकुलपति सिंहले अमेरिकामा राष्ट्रपतिले त्यहाँको सिनेटमा ११ वर्षका बालकदेखि ज्येष्ठ नागरिकसम्मका गुनासा सुन्ने गरेको बताउँदै नेपालमा पनि त्यस्तो गर्न आवश्यक भइसकेकोमा जोड दिए ।

‘विदेशमा बाल अधिकारप्रति असाध्यै संवेदनशीलता कायम गरिन्छ’, उनले भने, ‘यहाँ पनि राजनीतिक नेतृत्वमा बालबालिकाका गुनासा सुन्ने बानी हुनुपर्छ ।’

सहप्राध्यापक डा. कुन्दन अर्यालले आफूले तयार गरेको नेपाली सञ्चारमाध्यमममा बालबालिकाका समाचार प्रकाशित हुने अवस्था बारेमा प्रस्तुति दिएका थिए ।

उनको प्रस्तुतिमाथि बाल अधिकारकर्मी टीकाराम शर्मा, एमयूमा आमसञ्चार तथा पत्रकारिताका उपप्राध्यापक तथा पत्रकारहरुले सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया