कपासेमा जल तथा माैसम कार्यालयको जीप दुर्घटना

सुर्खेत । सुर्खेत दैलेख सडक खण्डकाे कपासे नजिकै बाेलेराे जीप दुर्घटनामा परेकाे छ । अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीकाे वहाव मापन केन्द्रकाे अवस्था बुझेर फर्किदै गरेकाे जल तथा माैसम विज्ञान कार्यालय काेहलपुर बाँकेकाे गाडी कपासेदेखी माथि माेडमा दुर्घटनामा परेकाे हाे ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिव २० मिटर तल खसेकाे सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा रुकुमपश्चिम चाैरजहारी नगरपालिका २ का २८ वर्षीय धर्मराज बुढाथाेकीकाे मृत्यु भएकाे पुष्टी जल तथा माैसम विज्ञान कार्यालय काेहलपुरका प्रमुख विनाेद पराजुलीले गरेका छन् । बुढाथाेकी जल तथा माैसम विज्ञान कार्यालय काेहलपुरमा इन्जिनयर थिए ।

उनकाअनुसार दुर्घटनामा टिकापुर नगरपालिका-२ कैलालीकी २७ वर्षीय इन्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, काेहलपुर नगरपालिका-२ बाँके घर भएका सवारी चालक काेहलपुरका बाबुराम गुरुङ्ग, तुर्माखाँद गाउँपालिका- २ अछामका २७ वर्षीय तुलसीकुमारी कुमारी रावत विसी र उनका तीन वर्षीय छाेरी दिदसा बुढा घाइते छन् । उनीहरुकाे अवस्था सामान्य रहेकाे पराजुलीले बताए ।

घाइतेकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । पाँच दिन अघि खाेलामा राखिएकाे बाढीकाे मापन गर्न फिल्डमा निस्किएकाे र रातानाङ्गालामा रहेकाे माैसमी राडरकाे पनि अनुगमन गरेर फर्कदै गर्दा दु:खद् घटना भएकाे पराजुलीले बताए ।  ओभर स्पीडका कारण जीप दुर्घटना भएकाे प्रहरीकाे प्रारम्भीक अनुसन्धानले देखाए पनि यसबारे गप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया