भारतमा हराएका जाजरकोटका अमृत पुन ९ दिनपछि भेटिए

बिरेन्द्र बस्नेत

सुर्खेत । भारतमा हराएका जाजरकोटमा अमृत पुन ९ दिनपछि भेटिएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाडा घर भएका ३८ वर्षीय अमृत पुन भारतको रिकान पिउ नजिकबाट बेपत्ता भएका थिए ।

पुन हराएको ९ दिनपछि भेटिएको शुक्रबार घरतर्फ पठाउँने तयारी रहेको अमृत पुनका साथी अजय पुनले जानकारी दिए ।

अजय पुनका अनुसार घरबाट नेपालगञ्ज पुग्दासम्म स्वास्थ्य अवस्था सामन्य रहेका पुनको नेपालगञ्ज पुगेको केही समयमै असजिलो महशुस गरेका थिए भने, अमृतको अवस्थामा थप जटिल समस्या देखा परेको र भारतको किन्नौरको पिउ पुगेपछि बेपत्ता भएका थिए ।

याे पनि 

भारतमा जाजरकोटका अमृत पुन ६ दिनदेखि सम्पर्क बिहीन

तपाईको प्रतिक्रिया