जाजरकोट नलगाड–१ मा महिलाको शव फेला

सुर्खेत । जाजरकोटमा एक महिलाको शव घर नजिकैको जंगलमा भेटिएको छ । नलगाड नगरपालिका–१ की ४२ वर्षीया भगवती शाहीको शव भएको पुष्टि भएको छ ।

शव सडेर गह्नाउन थालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । शाही घर र शव भेटिएको ठाउँ ५० देखि एक सय मिटरको दूरीमा छ ।

अनुसन्धानकै सिलसिलामा मृतकका पति लेकबहादुर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सन्तोष निरौलाले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया